Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चुनावी अभियान सकेर काठमाडौं फर्किए बालेन

चुनावी अभियान सकेर काठमाडौं फर्किए बालेन

शनिवार , माघ १०, २०८२

विराटनगर । चुनावी अभियानका सिलसिलामा झापा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौं फर्किएका छन् ।

शनिबार (माघ १०) साँझ उनी विराटनगर विमानस्थलबाट काठमाडौंतर्फ प्रस्थान गरेका हुन् ।

काठमाडौं फर्कनुअघि बालेनले विमानस्थलनजिकैको एक होटलमा पार्टीका तर्फबाट मोरङका उम्मेदवार र प्रतिनिधिसँग छलफल गरेका थिए। उक्त छलफलमा प्रदेश १ मा पार्टीको चुनावी रणनीति, सन्देश प्रवाह र संगठन विस्तारबारे कुराकानी भएको बताइएको छ।

यसअघि बालेन ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा दर्शन गरी धनकुटा हुँदै विराटनगर आएका थिए। धार्मिक तथा राजनीतिक दुवै गतिविधिलाई जोड्दै उनले पूर्वी नेपालमा चुनावी माहोल बनाउन सक्रिय भूमिका खेलेका छन्।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दर्ता गराउन उनी पूर्व आएका थिए।

सो क्रममा उनले स्थानीय नेता–कार्यकर्ता र सर्वसाधारणसँग भेटघाट गर्दै पार्टीको नीति, एजेन्डा र भावी योजनाबारे धारणा राखेका थिए।

रास्वपाले बालेनलाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सारेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077