Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनले गरे ओलीको प्रस्ताव अस्वीकार, भने - ७६ बच्चाको हत्यारासँग एउटै मञ्चमा उभिन्न

बालेनले गरे ओलीको प्रस्ताव अस्वीकार, भने - ७६ बच्चाको हत्यारासँग एउटै मञ्चमा उभिन्न

आइतवार , माघ ११, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह 'लाइभ डिबेट'मा सहभागी नहुने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार रहेको बताइरहेका बेला प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चर्चा गरिएका बालेनले भने डिबेट अस्वीकार गरेका हुन् ।

आइतबार बिहान सामाजिक सञ्जालमा अध्यक्ष ओलीले सार्वजनिक बहसको प्रस्ताव गर्दै लेखेको सन्देशमा प्रतिक्रिया दिँदै बालेनले ओलीलाई आतंककारी स्वीकार्न चुनौती दिए ।

बालेनले लेखेका छन्, '७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।'

उनले एमाले अध्यक्ष ओलीलाई आतंककारी स्वीकार्न पनि चुनौती दिए । सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077