Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

निर्वाचनको मुखमा नक्कली खुकुरी, राइफल र पेस्तोलसहित २ जना पक्राउ

निर्वाचनको मुखमा नक्कली खुकुरी, राइफल र पेस्तोलसहित २ जना पक्राउ

आइतवार , माघ ११, २०८२

काठमाडौं । प्रहरीले नक्कली राइफ, कटुवा पेस्तोल र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त सातदोबाटोले नक्कली हतियारसहित शनिबार राति दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा घर भई काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ वर्षीय किरण घिमिरे र अछाम घर भई काठमाडौं जडीबुटी बस्ने कुमार लोहार रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले थ्री नट थ्री राइफल जस्तो देखिने डमी लामो हतियार १ थान, कटुवा पेस्तोल जस्तो देखिने डमी सानो हतियार २ थान, खुकुरी जस्तो फलामले बनेको हतियार २ थान र मोटरसाइकल १ थान सहित पक्राउ गरेको हो ।

सीसीटीभी फुटेजको आधारमा अनुसन्धान गर्दा बाग्मती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको यमाहा कम्पनीको एफजेट मोटरसाइकल किरण घिमिरेको रहेको खुल्न आए सँगै निजलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा काठमाडौं महानगरपालिका–३२ स्थित सांस्कृति नृत्य कला केन्द्रमा लुकाएर राखेको अवस्थामा सामानहरू फेला परेको प्रहरीले जनाएको छ ।

निर्वाचन नजिकिंदै जाँदा नक्कली हतियार बोकेर हिड्दा समेत शान्ति सुरक्षामा खलल पुग्ने भन्दै नेपाल प्रहरी सचेत भएर फिल्डमा खटिएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077