Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनले ओलीलाई 'हत्यारा' र गगनलाई 'उसको मतियार' भनेपछि...

बालेनले ओलीलाई 'हत्यारा' र गगनलाई 'उसको मतियार' भनेपछि...

आइतवार , माघ ११, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर हुँदादेखि नै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै आएका बालेन्द्र साह ‘बालेन’ अहिले पनि ओलीमाथि जाइलागिरहेका छन् ।

ओली प्रधानमन्त्री भएकै बेला ‘तँ’ भनेर सम्बोधन गरेका बालेनले अहिले ओलीसहित भावि प्रधानमन्त्री भनेर प्रचार गरिएका नेपाली कांग्रेसका सभापति गगन थापामाथि पनि गम्भिर आरोप लगाएका छन् ।

ओलीसँगै झापा ५ बाट चुनावी मैदानमा उत्रिएका बलेनले ओलीलाई ‘हत्यारा’ भन्दै थापालाई भने ‘मतियार’ को ट्याग भिराएका छन् ।

भावी प्रधानमन्त्रीमा अघि सारिएका ओली, थापा र साहलाई ‘पब्लिक डिबेट’ मा राख्नुपर्ने आवाज उठिरहेका बोला केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आफू तयार रहेको बताएपछि बालेनले भने अस्वीकार गर्दै कडा स्टाटस लेखेका हुन् ।

एमाले अध्यक्ष ओलीको पोस्टमा जवाफ लेख्दै बालेनले ओली र थापाविरुद्ध कडा शब्दहरू प्रयोग गरेका छन् ।

ओलीहरूले नै २३ गते बच्चा मारेको ‘आतंकवाद लुकाउन’ २४ गते नेताहरूको घर जलाएको बालेनको दाबी छ ।

उनले भनेका छन्–‘आफूलाई देश जलाउनेका रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन्, तपाईंहरूलाई नै थाहा थियो । तपाईँहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ?’

भदौ २३ गते राति ओलीलाई आफ्नो स्टाटसमा ‘तँ’ भनेरै सम्बोधन गरेका बालेनले आज भने ‘तपाईँ’ भनेर सम्बोधन गरेका छन् ।

बालेनले जवाफमा लेखेका छन्–‘७६ बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’

बालेनले केपी ओलीलाई हत्याराको संज्ञा दिएका छन् भने थापालाई ‘उसको मतियार’ ईंगित गरेका छन् ।

प्रधानमन्त्रीको डिबेटका लागि बोलाइएका तेस्रो व्यक्ति गगन थापा नै भएकाले गगनलाई नै उनले मतियार भनेका हुन् भनेर अड्कल काढ्न गाह्रो छैन । बालेनको जवाफमा ओली र थापाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077