Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपासँगको एकतालाई दुर्घटनाको संज्ञा दिँदै कुलमानले भने- पार्टी 'कोमा'मा गयो तर तन्दुरुस्त भएर निस्कियौँ

रास्वपासँगको एकतालाई दुर्घटनाको संज्ञा दिँदै कुलमानले भने- पार्टी 'कोमा'मा गयो तर तन्दुरुस्त भएर निस्कियौँ

मंगलवार , माघ १३, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब कुनै पनि हालतमा पार्टीको नाम र चुनाव चिन्ह अरू दलसँग विलय हुन नदिइने स्पष्ट पारेका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता प्रयासलाई ‘दुर्घटना’ को संज्ञा दिँदै अब आफ्नो पार्टीको अस्तित्व जोगाएरै अघि बढ्ने बताएका हुन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गरे ।

उनले भने- 'रास्वपासँगको छोटो समयको एकता प्रयासलाई स्मरण गर्दै घिसिङले त्यो १२ दिनको अवधिलाई पार्टी कोमा मा पुगेको समयका रूपमा टिप्पणी गरे। ‘पार्टी गठन भएको तीन महिना पनि पुगेको छैन, तर हामी बिचमा कोमामा पुग्यौँअहिले हामी तन्दुरुस्त भएर निस्किएका छौँ, अब हाम्रो नाम र चिन्ह कतै हराउन दिने छैनौँ।'

रास्वपासँगको एकताको १२ दिनको समय पार्टी ‘कोमा’ मा पुगेको टिप्पणी गर्दै उनले अहिले तन्द्रुस्त भएर निस्किएको बताए ।

अन्य दलहरू आफ्नो पार्टीमा समाहित हुन सक्ने तर आफूहरू अरूमा मिसिन नजाने उनले अडान व्यक्त गरे।

उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार भएका १२१ जना उम्मेदवारलाई जिताउन समेत अपिल गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077