Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मलाई प्रधानमन्त्री बन्न सहयोग गर्नुस्, देशको कायापलट गर्छु : कुलमान घिसिङ

मलाई प्रधानमन्त्री बन्न सहयोग गर्नुस्, देशको कायापलट गर्छु : कुलमान घिसिङ

मंगलवार , माघ १३, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुकको कायापलट गर्न आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेका छन् ।

मंगलबार पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै उनले देश बनाउने लक्ष्यसहित कार्यकारी प्रमुखको भूमिकामा पुग्ने आकांक्षा व्यक्त गरे।

आफूले विगतमा ११५ दिन मन्त्री भएर काम गरेको अनुभव सुनाउँदै घिसिङले अबको लक्ष्य प्रधानमन्त्री बन्ने रहेको बताए।
उनले भने, '११५ दिनको मन्त्री भएँ, अब मैले हुन बाँकी एउटै छ—प्रधानमन्त्री। तपाईंहरूले यसमा सहयोग गर्नुहोला।'

छोटो समय मन्त्री हुँदा पनि धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण आफूले पेस गरेको दाबी गर्दै उनले अब प्रधानमन्त्री भएर देशको कायापलट गर्नुपर्नेमा जोड दिए।

'जबसम्म नेतृत्वमा पुगिँदैन, तबसम्म बोलेर मात्र हुँदैन,' उनले भने। घिसिङले देशको मुख्य कार्यकारी सही नभएसम्म तल्लो तहको संयन्त्रले काम नगर्ने जिकिर गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077