एजेन्सी । जर्मनीका चान्सलर फ्रिडरिख मर्जले अमेरिकामा हालैका गोलीकाण्डका घटनापछि उत्पन्न परिस्थितिलाई गम्भीर र चिन्ताजनक भएको बताएका छन् ।
उनले यसप्रकारका घटनाले अमेरिकी नागरिकमा डर र असुरक्षासँगै अन्तर्राष्ट्रिय दृष्टिले पनि अमेरिकाको छवि र कानुन–व्यवस्थामा प्रश्न उठेको बताएका हुन् ।
जर्मनीको उत्तरी सहर हाम्बर्गमा आयोजित पत्रकार सम्मेलनमा चान्सलर मर्जलाई ती घटनाबारे धारणा राख्न भनिएको थियो ।
उनले घटनामा गोली चलाउनु साँच्चिकै आवश्यक थियो कि थिएन र अधिकारी साँच्चै कुनै खतरामा परेका थिए कि थिएनन् भन्ने विषयमा अमेरिकी निकायहरूले निष्पक्ष, गहिरो र विस्तृत अनुसन्धान गर्नु जरुरी रहेको बताए ।