Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिकलाई सीप सिकाएर त्यसलाई आम्दानीसँग जोड्छौँ: सुनिता डंगोल

नागरिकलाई सीप सिकाएर त्यसलाई आम्दानीसँग जोड्छौँ: सुनिता डंगोल

बुधवार , माघ १४, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताएकी छन् ।

बुधबार 'काठमाडौं विजनेस एक्स्पो–२०८२' को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले सबै नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन व्यवसायिक मेला महोत्सवहरु आयोजना गरिरहनु जरुरी रहेको पनि बताइन् ।

उनले सबै प्रकारका तालिम उत्पादन, रोजगारी र व्यक्तिको आयसँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्- ‘जबसम्म हामी आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्दैनौँ तबसम्म हामीले लगाउने सशक्तिकरणका नाराहरु पूरा हुन सक्दैनन् । त्यसको लागि सबैलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनको लागि र आफूसँग भएको सिपलाई आयसँगको जोड्नका लागि यो मेला अत्यन्तै महत्वपूर्ण छ । हामीले यस कार्यक्रमका लागि उद्योग वाणिज्य संघ काठमाडौंसँग सहकार्य गरेका छौँ । विभिन्न समयमा विभिन्न ठाउँहरुमा हामी तालिम त दिन्छौँ । तर ती तालिमहरु तालिममा मात्र सिमित हुनु हुदैन । सबै प्रकारका तालिमहरु उत्पादनसँग जोडिनुपर्छ ।'

महानगरपालिकाको प्राथमिकता सीपमा आधारित उत्पादनलाई प्रोत्साहन गरी नागरिकको आम्दानी बढाउने र त्यसमार्फत स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउने रहेको उनको भनाइ छ।

करिब २०० अत्याधुनिक र व्यवस्थित व्यवसायिक स्टलहरूको सहभागिता रहने यस महोत्सवमा  स्थानीय उत्पादन  सेवाहरूको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड-फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विभिन्न रूपहरूको प्रदर्शन, विषयगत झाँकी, पर्यटन प्रवद्र्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविर लगायत आकर्षक तथा उपयोगी गतिविधिहरू समावेश गरिने बताइएको छ । महोत्सवको १ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077