Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कावा मेयर डंगोलले भनिन्- कान्स फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक कोसेढुंगा

कावा मेयर डंगोलले भनिन्- कान्स फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक कोसेढुंगा

शनिवार , जेठ ९, २०८३

काठमाडौं । काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा सम्पन्न यस वर्षको फिल्म फेस्टिभल नेपालका लागि ऐतिहसिक कोसेढुंगा बन्न पुगेको बताएकी छन् ।

कान्स फिल्म फेस्टिभलमा सहभागी भई स्वदेश फर्किएपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली चलचित्रलाई प्राप्त भएको यो पहिलो अवसर ऐतिहासिक बन्न पुगेको बताएकी हुन् ।

उक्त अनुभवलाई नेपाली चलचित्र क्षेत्रका लागि गौरवपूर्ण क्षणका रूपमा वर्णन गर्दै भनिन्- 'फिल्म प्रदर्शनपछि हलमा उपस्थित दर्शकहरूले करिव ७–८ मिनेटसम्म उभिएर सम्मान  दिएका थिए । यो क्षण सम्पूर्ण नेपालीका लागि भावुक र गर्विलो थियो । अन्तर्राष्ट्रिय मञ्चमा नेपालीले मन मात्र नभई उपाधि पनि जित्नु ठूलो उपलब्धि हो ।'

यस वर्षको कान्स फिल्म फेस्टिभल नेपाली सिने जगतका लागि विशेष रहेको उल्लेख गर्दै डंगोलले पहिलो पटक नेपाली फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुनु महत्वपूर्ण उपलब्धि भएको बताइन् । निर्देशक अविनाशविक्रम शाहको टोलीले निर्माण गरेको उक्त फिल्मले जुरी प्राइज जित्न सफल भएकोमा उनले बधाई समेत दिइन् ।

उनले रेड कार्पेटमा नेपालको मौलिक पहिचान झल्कने हाकु पटासी र परम्परागत गरगहना प्रयोग गरिएको पनि उल्लेख गरिन् ।

त्यसैगरी, काठमाडौं महानगरपालिकाले आगामी दिनमा पहिलो पटक ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्ने तयारी तीव्र पारेको छ । महानगरको सम्पदा तथा पर्यटन समिति, सूचना प्रविधि विभाग र प्रशासन विभागको समन्वयमा महोत्सवको तयारी भइरहेको बताइएको छ ।

कार्यवाहक प्रमुख डंगोलले यो भ्रमणले काठमाडौंलाई ‘क्रिएटिभ सिटी’ का रूपमा विश्वसामु चिनाउन तथा अन्तर्राष्ट्रिय शहरहरूसँग सहकार्य विस्तार गर्न मद्दत पुगेको विश्वास व्यक्त गरेकी छन् ।

साथै फ्रान्सको कान्स नगरका मेयर डेभिड लिसनार्डको निमन्त्रणा फ्रान्स गएकी डंगोलले प िमेयर लिसनार्डलाई काठमाडौं चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएकी छिन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077