Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय

बिहिवार , माघ १५, २०८२

काठमाडौं । सरकारले नेपाल प्रहरीका कर्मचारीलाई उपलब्ध गराउँदै आएको रासन सुविधामा वृद्धि गर्ने निर्णय भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन स्केल तथा दैनिक भत्तासम्बन्धी व्यवस्थालाई परिमार्जन गर्दै उक्त निर्णय गरेको हो ।

सो निर्णय आगामी फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याइने सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी गराए ।

हालका लागि रासन रकम कति बढाइने भन्ने विवरण सार्वजनिक गरिएको छैन। सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया पूरा भएपछि संशोधित व्यवस्था लागू हुने अर्यालले बताए ।

नेपाल प्रहरीले सशस्त्र प्रहरी भन्दा ४ प्रकारका रासनभत्ता कम पाउने गरेको छ । जसकारण प्रहरीको भत्ता कम हुने गरेको छ। जून विभेद हटाउन हालका गृहमन्त्री अर्यालले नै पहल लिएका थिए।

प्रहरीको रासनभत्ता २०७८ साल यता बढ्न सकेको थिएन । त्यतीबेला पनि जम्मा १५ प्रतिशत बढेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077