Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको भन्दै पीएसओसहित सुरक्षा माग

सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको भन्दै पीएसओसहित सुरक्षा माग

बिहिवार , माघ १५, २०८२

गोरखा । प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–१ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको भन्दै पार्टीले पीएसओसहितको सुरक्षा व्यवस्था उपलब्ध गराउन माग गरेको छ ।

गुरुङ पछिल्लो केही दिनदेखि धार्चे र चुमनुब्री गाउँपालिकाका विभिन्न स्थानमा घरदैलो कार्यक्रममार्फत चुनाव प्रचारमा सक्रिय छन्।

यसैक्रममा प्राप्त गोप्य सूचनाअनुसार हातहतियार बोकेका केही व्यक्तिहरूबाट उनको ज्यानमा जोखिम बढेको रास्वपा गोरखाले दाबी गरेको छ।

रास्वपा गोरखाका सचिव मिलन रानाका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको माग गरिएको हो।

उक्त जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय गोरखाले सुरक्षा विश्लेषण सुरु गरेको जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले हालसम्म ठोस खतरा पुष्टि नभए पनि निगरानी कडा बनाइएको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077