Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा एसएसपीलाई खटाउने हेडक्वाटरको तयारी

सर्लाहीमा एसएसपीलाई खटाउने हेडक्वाटरको तयारी

बिहिवार , माघ १५, २०८२

सर्लाही । प्रहरी प्रधान कार्यालयले सर्लाही जिल्लामा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) खटाउने तयारी गरेको छ ।

स्रोतका अनुसार उच्चस्तरीय राजनीतिक प्रतिस्पर्धा र सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै चुनाव अवधिभर अतिरिक्त सुरक्षा नेतृत्व पठाउन लागिएको हो ।

यसपटक सर्लाहीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायतका केन्द्रीय नेताहरू चुनावी मैदानमा छन् ।

विशेषगरी सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ लाई अत्यन्तै संवेदनशील क्षेत्रका रूपमा हेर्न थालिएको छ ।

सर्लाही–४ मा कांग्रेस सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंह र नेकपा एमालेका उम्मेदवार अमनकुमार यादबबीच कडा प्रतिस्पर्धा रहेकाले सुरक्षा चुनौती थपिएको छ ।

हाल सर्लाही जिल्लाको प्रहरी कमाण्ड प्रहरी उपरीक्षक (एसपी) ले सम्हालिरहेका छन् । सर्लाही मात्र नभई झापा लगायत केही अन्य उच्च संवेदनशील जिल्लाहरूमा पनि एसएसपी खटाउने सम्भावना रहेको स्रोत बताउँछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077