Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अजित पवारको निधनपछि पत्नी सुनेत्रा बनिन् महाराष्ट्रको उपमुख्यमन्त्री

अजित पवारको निधनपछि पत्नी सुनेत्रा बनिन् महाराष्ट्रको उपमुख्यमन्त्री

आइतवार , माघ १८, २०८२

एजेन्सी । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएपछि उनकी पत्नी सुनेत्रा पवार राज्यको उपमुख्यमन्त्री नियुक्त भएकी छन् ।

शनिबार आयोजित विशेष समारोहमा उनले उपमुख्यमन्त्रीको शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार योसँगै महाराष्ट्रले इतिहासमै पहिलो पटक महिला उपमुख्यमन्त्री पाएको छ। सुनेत्रा पवारको नियुक्तिलाई राजनीतिक निरन्तरता र संवेदनशील सन्तुलनका रूपमा हेरिएको छ ।

हालै सम्पन्न विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले अजित पवार नेतृत्वको नेश्नलिस्ट कांग्रेस पार्टी (एनसीपी) र एकनाथ सिन्दे नेतृत्वको शिवसेनासँग गठबन्धन गरेको थियो। चुनावपछि भाजपाका वरिष्ठ नेता देवेन्द्र फडनविस मुख्यमन्त्री बनेका थिए भने सिन्दे र अजित पवार उपमुख्यमन्त्री नियुक्त भएका थिए ।

तर माघ १४ गते अजित पवार आफ्नो गृहजिल्ला बारामतिमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा उनी सवार विमान बारामति अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा अजित पवारसहित ६ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077