Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बलिउड निर्देशक रोहित शेट्टीको निवास बाहिर मध्यराति गोलीबारी

बलिउड निर्देशक रोहित शेट्टीको निवास बाहिर मध्यराति गोलीबारी

आइतवार , माघ १८, २०८२

एजेन्सी । भारतको महाराष्ट्रस्थित मुम्बईमा चर्चित बलिउड फिल्म निर्देशक रोहित शेट्टीको घर बाहिर गोलीबारी भएको छ । मुम्बई प्रहरीका अनुसार शनिबार राति करिब ३ बजेको समयमा अज्ञात समूहले चार राउन्ड गोली चलाएको हो । 

घटना जुहू क्षेत्रमा रहेको रोहित शेट्टीको निवास बाहिर भएको हो । सूचना पाएलगत्तै प्रहरी र फोरेन्सिक टोली घटनास्थलमा पुगेका छन् भने वरपरको क्षेत्रलाई घेराबन्दी गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

रोहित शेट्टी बसोबास गर्ने जुहू क्षेत्र बलिउडका थुप्रै चर्चित कलाकार तथा सेलिब्रेटीहरूको आवासीय क्षेत्र मानिन्छ। घटनापछि त्यहाँ बस्ने सेलिब्रेटीहरूको सुरक्षाबारे पनि चासो बढेको छ।

प्रहरीका अनुसार गोली चलाउने आक्रमणकारीहरूको पहिचान हुन सकेको छैन। सीसीटीभी फुटेज, मोबाइल लोकेसन तथा अन्य प्राविधिक माध्यम प्रयोग गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077