Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निर्वाचन आयोगले काठमाडौं महानगरलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौं महानगरलाई सोध्यो स्पष्टीकरण

सोमवार , माघ १९, २०८२

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार महानगरपालिकालाई स्पष्टीकरण सोधेको हो । 

७० वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रमबारेमा आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, '७० वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम बजेटबाट स्वीकृत हो कि अहिले निर्णय भएको के कसो हो ?'

आचारसंहिता कार्यान्वन गर्न आयोग सक्रिय रुपमा लागिरहेको छ । यसअघि बालेन शाहसहित धेरै उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधिसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077