Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट २६ वर्षीया युवती पक्राउ

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट २६ वर्षीया युवती पक्राउ

मंगलवार , माघ २०, २०८२

झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट खैरो हिरोइनसहित २६ वर्षीया युवती पक्राउ परेकी छन् । 

यति एयरलायन्सको उडान नं ९२६ बाट काठमाडौं जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका-२ की रोशनी बुढा पक्राउ परेकी हुन् । 

भारतको कोलकातास्थित जापानिज रेस्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरका रूपमा कार्यरत उनलाई सोमबार अपराह्न विमानस्थलमा प्रहरीले जाँच गर्दा सुरुवालको दुवै गोजीमा १४४ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन लुकाएर राखेको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

उनको बयानका आधारमा लागूऔषध कारोबारको गिरोहमा संलग्न थप दुई व्यक्तिलाई काठमाडौंमा पक्राउ गरिएको जिल्लाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले उनले जानकारी दिए ।

जसअनुसार काठमाडौंस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी गाउँपालिका–६ का ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–५ का २१ वर्षीय थोर्मस तामाङलाई सोही कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको जनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077