Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कान्छारामसहित ९ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

कान्छारामसहित ९ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

बिहिवार , माघ २२, २०८२

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कार्यालयले बुधबार निर्णय गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम कारबाही गरेको हो।

कार्यालयका अनुसार कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर मुलुकभरका कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताहरूमा कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि, श्रीओम अटो ल्युब प्रालि, आर्कटिक कन्स्ट्रक्सन प्रालि, ग्रीन वर्ल्ड कन्स्ट्रक्सन प्रालि, अग्रिम–लङभिजन–धनलक्ष्मी जेभी लगायत रहेका छन्।

कार्यालयले बिहीबार जारी गरेको सूचनामा कालोसूचीमा राखिएका कम्पनीहरू तोकिएको समयावधिसम्म सार्वजनिक खरिद प्रक्रियामा संलग्न हुन नपाउने स्पष्ट गरिएको छ।

222

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077