Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काम अधुरो छाड्ने २० निर्माण कम्पनी कालोसूचीमा [सूचीसहित]

काम अधुरो छाड्ने २० निर्माण कम्पनी कालोसूचीमा [सूचीसहित]

शनिवार , फाल्गुण २, २०८२

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सरकारी निकायबाट सिफारिस भएका २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज सूचना जारी गर्दै ती निर्माण कम्पनीहरूले जिम्मा लिएको काम समयमै सम्पन्न नगरेको र पटक–पटक ताकेता गर्दा पनि सम्झौताअनुसार कार्य सम्पन्न नगरेकाले कालोसूचीमा राखिएको जनाएको छ।

सूचनामा उल्लेख भएअनुसार, निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम कालोसूचीमा राखिएको हो।

कार्यालयका अनुसार, ती कम्पनीहरूलाई एक वर्षको अवधिका लागि कालोसूचीमा राखिएको छ। यस अवधिमा ती निर्माण कम्पनीहरूले अब कुनै पनि सरकारी खरिद प्रक्रिया, ठेक्का, टेन्डर तथा प्रतिस्पर्धात्मक कारबाहीमा भाग लिन पाउने छैनन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077