Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

झापामा बालेनको सम्पर्क कार्यालय रहेको घरमा तोडफोड

झापामा बालेनको सम्पर्क कार्यालय रहेको घरमा तोडफोड

बिहिवार , माघ २२, २०८२

झापा । झापा क्षेत्र नम्बर ५ को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालय रहेको घरमा तोडफोड भएको छ।

झापाको कमल गाउँपालिका–२ स्थित रास्वपा सम्पर्क कार्यालय रहेको स्थानीय जयकुमार अधिकारीको घरमा गएराति तोडफोड भएको हो।

घरमा राति करिब साढे १२ बजे नचिनेका मानिसले ढुंगा प्रहार गरेका प्रहरीले जनाएको छ। उक्त घरको माथिल्लो तलामा रास्वपाका नेता बालेन्द्र साह (बालेन)को सम्पर्क कार्यालय छ।

 ढुंगा प्रहारबाट घरधनी बस्ने कोठाको झ्यालको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

बालेनको प्रचारप्रसार र मतदाता भेटघाटका लागि केही दिनअघि मात्रै त्यहाँ सम्पर्क कार्यालय खोलिएको थियो । झापा ५ बाट  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउन भन्दै बालेन पनि सोही क्षेत्रमा पुगेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, अहिलेसम्म तोडफोड गर्ने व्यक्ति वा समूह पत्ता लाग्न सकेको छैन ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077