काठमाडौं । राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतले संसद पुनःस्थापनासम्बन्धी मुद्दामा फैसला गर्न ढिलाई गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा न्यायाधीशहरूको निरीहताबारे टिप्पणी गर्दै यसबारे चिन्ता व्यक्त गरेका हुन् ।
ढुंगानाले भने- 'यो देशको राष्ट्रियता कमजोर भयो । संसद पुनःस्थापनाका लागि मुद्दा परेको छ, तर न्यायाधीशहरु यति निरीह भइरहनु भएको छ । पञ्चायतकालमा पनि न्यायाधीशले मुद्दाको तत्काल फैसला गर्थे, तर आज यस्तो अवस्था छैन ।'
सांसद ढुंगानाले पञ्चायत र राजकालमा न्यायिक प्रक्रिया छिटो हुने गरेको उदाहरण उल्लेख गर्दै वर्तमान अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरे ।
साथै उनले सरकारले राष्ट्रिय हितको पक्षमा आवश्यक ध्यान दिन नसकेको समेत आरोप लगाएका छन् ।