Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

शनिवार , माघ २४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले शोक सन्देश जारी गर्दै थापालाई नेपाली तथा भारतीय चलचित्र जगत्का बहुआयामिक कलाकार र दरिलो खम्बा भएको उल्लेख गरिन् । 

सन्देशमा उनले भनेकी छन्- 'चार दशकभन्दा बढी समयको उनको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ । 

प्रधानमन्त्री कार्कीले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्म उनका खलनायक र सहनायकका भूमिकाले करोडौँ दर्शकको मन जितेको कार्कीले बताउँदै थापाका हरेक चरित्र हामी दर्शकका स्मृतिमा सदैव जीवित रहने बताएकी छन्।

साथै प्रधानमन्त्री कार्कीले उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् । 

अभिनेता थापाको आज बिहान हृदयाघातबाट ६८ वर्षको उमेरमा निधन भएको हो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077