Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनिल थापालाई सम्झँदै प्रियंका चोपडाले भनिन् - तपाईं सँधै मेरो कोच भएर रहनुहुनेछ सर

सुनिल थापालाई सम्झँदै प्रियंका चोपडाले भनिन् - तपाईं सँधै मेरो कोच भएर रहनुहुनेछ सर

शनिवार , माघ २४, २०८२

काठमाडौं । नेपाली चलचित्रका वरिष्ठ कलाकार सुनिल थापाको निधनमा बलिउड अभिनेत्री प्रियंका चोपडाले श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

सन् २०१४ मा रिलिज भएको चर्चित फिल्म ‘मेरी कोम’ को एक विशेष दृश्य आफ्नो इन्स्टाग्राममा पोस्ट गर्दै प्रियंकाले थापालाई सम्झिएकी हुन् । उक्त फिल्ममा सुनिल थापाले प्रियंकाको कोचको भूमिका निर्वाह गरेका थिए।

भारतीय बक्सिङ खेलाडी मेरी कोमको जीवनीमा आधारित फिल्ममा थापा प्रशिक्षकको भूमिकामा देखिएका थिए, जसले प्रियंकाको पात्रलाई सफलतासम्म पुर्‍याउन साथ दिने प्रमुख पात्रको रूपमा अभिनय गरेका थिए।

प्रियंकाले भावुक सन्देश लेख्दै सुनिल थापालाई ‘सधैंको कोच’ भन्दै सम्मान व्यक्त गरेकी छन्।

उनले लेखेकी छन्, 'तपाईं सधैं मेरो कोच भएर रहनुहुनेछ सर। बुवालाई भर्खरै गुमाउँदा तपाईंले मलाई सम्हालेर राख्नुभयो। तपाईंले मलाई माया गर्नुभयो र धेरै कठिन दिनहरूमा थाहा नपाई नै साथ दिनुभयो।'

प्रियंकाले सुनिल थापाको न्यानोपन, हाँसो र सहयोग कहिल्यै नबिर्सिने उल्लेख गर्दै अत्यन्तै चाँडै उनी संसारबाट विदा भएकोमा दुःख व्यक्त गरेकी छन्।

'तपाईंका न्यानो अंगालो र हाँसो सधैं मेरा सम्झनामा रहनेछन्। अत्यन्तै चाँडै जानुभयो, तर कहिल्यै बिर्सिनुहुने छैन,' प्रियंकाले लेखेकी छन्।

उनले कठिन समयमा आफूलाई देखाएको दयालुपनका लागि धन्यवाद दिँदै सुनिल थापाको आत्माको चिरशान्तिको कामना गरेकी छन् । साथै, थापाको परिवार तथा प्रियजनहरूप्रति गहिरो समवेदना र प्रार्थना व्यक्त गरेकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077