काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापाको शव पोस्टमार्टम गरिने भएको छ । परिवारको आग्रहअनुसार अन्त्येष्टिअघि पोस्टमार्टम गर्ने निर्णय गरिएको हो ।
कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाका अनुसार पोस्टमार्टमपछि मात्र अन्त्येष्टि गरिने परिवारको इच्छा रहेको छ । परिवारले पोस्टमार्टम गर्नुपर्ने भनेकाले आज पहिले पोस्टमार्टम हुनेछ ।
थापाको शनिबार बिहान हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।
नेपाली र भारतीय चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय थापा अभिनय क्षमताका कारण चर्चित थिए ।