Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट: ‍मृत्युको कारण हृदयाघात

अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट: ‍मृत्युको कारण हृदयाघात

आइतवार , माघ २५, २०८२

काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको निधन हृदयाघातबाट भएको रिपोर्ट आएको छ । 

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज बिहान शवको पोस्टमार्टम भएको र पोस्टमार्टमले थापाको निधन हृदयाघातबाट भएको देखाएको जनाइएको छ । 

हृदयाघात भएर मुटुको नसा ब्लक भएका कारण मृत्यु भएको देखिएको अस्पताल स्रोतले जनाएको छ ।

पोस्टमार्टम सकेर उनको शव अहिले अस्पतालबाट निकालेर श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्ड लगिँदै छ । 

शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भिक  अस्पताल लगिएको थियो ।

त्यहीँ उपचारका क्रममा ६८ वर्षीय थापाको निधन भएको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077