काठमाडौं । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका चलचित्र विकास बोर्ड परिसरमा राखिएको छ ।
वरिष्ठ अभिनेता सुनिल थापा ६८ वर्षको उमेरमा हृदयघातका कारण शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
नेपाली सिनेमामा ‘राते काइँला’ को नामले चर्चित थापाले चार दशकभन्दा बढी समयसम्म नेपाली, भारतीय (बलिउड) र भोजपुरी चलचित्रमा अभिनय गरेका थिए । उनले ३०० भन्दा बढी फिल्ममा काम गरेका छन् ।
उनलाई फिल्मकर्मीहरूका साथै विभिन्न क्षेत्रका व्यक्तित्वहरू बोर्ड पुगेर श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।