Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आइसीसी टी–२० विश्वकपमा शेर मल्लको नयाँ रेकर्ड, डेब्यु बलमै लिए साल्टको विकेट

आइसीसी टी–२० विश्वकपमा शेर मल्लको नयाँ रेकर्ड, डेब्यु बलमै लिए साल्टको विकेट

आइतवार , माघ २५, २०८२

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा डेब्यु गरेका शेर मल्लले पहिलो बलमा नै विकेट लिएका छन्।

मल्लले इङ्ल्यान्डका ओपनर ब्याटर फिल साल्टलाई सन्दीप लामीछानेको हातमा क्याच गराएका हुन्। २.१ ओभरमा इङ्ल्यान्ड ५ रन बनाउँदै १ विकेट गुमाएको छ । 

मिस्ट्री स्पीनर शेर मल्ल आईसीसी टी–२० विश्वकप क्रिकेटबाटै नेपलको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका हुन् । भारत र श्रीलंकामा भइरहेको टी–२० विश्वकप अन्तर्गत आइतबार इंग्ल्यान्डविरुद्धको खेलको पहिलो रोजाइमा पर्दै शेरले डेब्यूको अवसर पाएका हुन् ।

यस पटक टी–२० विश्वकपका लागि नेपाली टिममा रहेका १५ मध्ये ५ खेलाडी पहिलो पटक टी–२० विश्वकप टिम समावेश भएका थिए । जसमा शेरले मात्र डेब्यू गर्न बाँकी थियो ।

शेरसहित आरिफ शेख, लोकेश बम, नन्दन यादवले टी–२० विश्वकपमा डेब्यू गरेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077