Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोमाञ्चक खेलमा नेपाल इङ्ल्यान्डसँग पराजित

रोमाञ्चक खेलमा नेपाल इङ्ल्यान्डसँग पराजित

आइतवार , माघ २५, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप–२०२६ को पहिलो खेलमा नेपालले इंग्ल्यान्डसँग चार रनको झिनो हार बेहोरेको छ ।

इङ्ग्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्यो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ४४, कप्तान रोहितकुमार पौडेल र लोकेश बमले समान ३९ रन बनाए । इङ्गल्यान्डका लायम ड्वासनले २ विकेट लिए ।

यसअघि भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

इङ्ग्ल्यान्डका ज्याकब बेथेलले ५५, कप्तान ह्यारी ब्रूकले ५३ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २र२ विकेट लिए । प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077