Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० विश्वकपमा श्रीलंकाको विजयी शुरुवात

टी–२० विश्वकपमा श्रीलंकाको विजयी शुरुवात

सोमवार , माघ २६, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले विजयी शुरूआत गरेको छ ।

हिजो कोलम्बोमा भएको समूह ‘बी’ को खेलमा श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गरेको हो ।

जितका लागि १ सय ६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा १९ ओभर ५ बलमा १ सय ४३ रन मात्र बनाउन सक्यो ।

आयरल्यान्डका लागि रस अडिरलले ३४ रन बनाए भने ह्यारी टेक्टरले २३ बलमा ३४ रनको योगदान दिए ।

तर अन्य ब्याटरहरू टिक्न नसक्दा टोली लक्ष्यसम्म पुग्न असफल रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।

श्रीलंकाको इनिङ्समा कुशल मेन्डिसले ४३ बलमा ५६ रनको संयमित तर प्रभावशाली इनिङ्स खेले । उनले पाँच चौका प्रहार गर्दै नटआउट रहे ।

त्यस्तै, कमिन्दु मेन्डिसले आक्रामक ब्याटिङ गर्दै मात्र १९ बलमा ४४ रन जोडे । आयरल्यान्डका बलरमध्ये बेरी म्याकार्टी र जर्ज डकरेलले समान दुई–दुई विकेट लिन सफल भए । विश्वकपमा आज तीन वटा खेल हुँदैछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077