Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज टी–२० विश्वकपमा तीन खेल हुँदै

आज टी–२० विश्वकपमा तीन खेल हुँदै

सोमवार , माघ २६, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० क्रिकेट अन्तर्गत आज एकै दिन तीन वटा प्रतिस्पर्धात्मक खेलहरू आयोजना हुँदैछन् । 

आजको पहिलो खेल भारतको कोलकातास्थित ऐतिहासिक इडन गार्डेन स्टेडियममा बिहान ११ः१५ बजे सुरु हुनेछ। यस खेलमा स्कटल्याण्ड र इटली आमनेसामने हुनेछन्।

त्यसैगरी दोस्रो खेल दिउँसो ३ः१५ बजे श्रीलंकाको कोलम्बोमा हुनेछ, जहाँ जिम्बाब्वे र ओमान प्रतिस्पर्धा गर्दैछन्।

आजको अन्तिम तथा सबैभन्दा चर्चित खेल साँझ ७ः१५ बजे भारतको अहमदाबादमा सुरु हुनेछ। यस खेलमा दक्षिण अफ्रिका र क्यानाडा भिड्दैछन्।

तीनवटै खेलहरू प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077