काठमाडौं । आईसीसी टी-२० विश्वकपमा इटालीविरूद्ध नेपाली टिम अलआउट भएको छ ।
बिहीबार भारतको वानखेडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १९.३ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १२३ रनमै समेटिएको हो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १४ बलमा दुई छक्का प्रहार गर्दै सर्वाधिक २३ रन बनाए ।
ओपनर आशिफ शेखले २० रन बनाए । दिपेन्द्र सिंह ऐरिले १७ बनाए । आरिफ शेखले १५।४ ओभरमा १६ रन बनाए ।लोकेश बम र गुल्सन झा तीन रनमा आउट भए । नन्दन यादवले रन जोड्न सकेनन् । करन केसीले १८ रन बनाए ।
इटालीका क्रिसन कालुगामागेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले १८ रन खर्चिए ।
बेन मनेन्तीले दुई विकेट लिए । जे जे स्मट्स, जसप्रित सिंह र अली हसनले समान एक विकेट लिए ।
इटालीको धारिलो बलिङ र बेटिङ सामु नेपाली टिम निरीह बन्दै १० विकेटले पराजित भएको हो । नेपालले पहिलो खेलमा दुई पटकको विश्वकप विजेता इंग्ल्यान्डसँग चार रनको हार व्यहोरेको थियो ।