Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० विश्वकप: नेपालले इटालीलाई दियो १२४ रनको सामान्य लक्ष्य

टी–२० विश्वकप: नेपालले इटालीलाई दियो १२४ रनको सामान्य लक्ष्य

बिहिवार , माघ २९, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा नेपालले  इटालीलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ ।

भारतको वानखेडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर २ बल सबै विकेट गुमाउदै १२३ रन बनाएको हो ।

इटलीका क्रिशन कालुगामेजले सर्वाधिक तीन विकेट लिए । बेन मानेन्टीले दुई विकेट लिँदा अली हसन र जेजे स्मट्सले समान १–१ विकेट लिए ।

नेपालबाट आरिफ शेखले २४ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडे ।  ओपनर कुशल भुर्तेल आजको खेलमा चल्न सेकनन् । १० बल खर्चेर उनले ५ रन जोडे ।

उनी दोस्रो ओभरको अन्तिम बलमा आउट भएका थिए । दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल ६ ओभरको अन्तिम बलमा आउट भए । रोहितले १४ बलमा २३ रन जोड्न २ छक्का प्रहार गरे ।

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह बन्दै १२३ रनमा समेटिएका हुन् ।

खेलमा दुवै टोली पहिलो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा दुई पटकको विश्वकप विजेता इंग्ल्यान्डसँग चार रनको हार व्यहोरेको थियो । इटालीले भने स्कटल्यान्डसँग ७३ रनको हार व्यहोरेको थियो ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077