Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायती सेनाका मेजर जनरल नेतृत्वको टोली राष्ट्रपति निवासमा

बेलायती सेनाका मेजर जनरल नेतृत्वको टोली राष्ट्रपति निवासमा

सोमवार , माघ २६, २०८२

काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती सेनाअन्तर्गत गोर्खा ब्रिगेडका कमान्डेन्ट मेजर जनरल जेरल्ड स्ट्रिकल्यान्डको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ।

सोमबार सो प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटघाट गरेको हो ।

भेटवार्ताका क्रममा संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा  राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र संयूक्त अधिराज्यले  विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयहरूमा सहकार्य गर्दै आएको र  दुवै राष्ट्रहरूले राष्ट्रसंघीय शान्तिसेना मार्फत् विश्वशान्ति स्थापनाबारे समान धारणा राखिरहेको उल्लेख गरे। 

उनले ब्रिटिस गोर्खाले आफ्नो प्रशंसनीय कार्यहरूको माध्यमबाट नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप मजबूत बनाएकोमा खुसी व्यक्त गर्दै संयुक्त अधिराज्यमा  नेपालीहरूको उपस्थितिले दुई देशबीच रहिआएको जनस्तरको सम्बन्ध थप सुदृढीकरण आफूहरूको ठम्याई रहेको पनि उल्लेख गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

राष्ट्रपति गोर्खा विग्रेडको  सन् २०२५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकोमा संयुक्त अधिराज्य सरकारलाई धन्यवाद व्यक्त गर्दै प्रतिवेदनउपर सम्बन्धित निकायहरूले आवश्यक अध्ययन गर्ने बताए। 

सो अवसरमा बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डले ब्रिटिश गोर्खा सेना सँधै अग्रपंक्तिमा रहेको बताउँदै प्रशंसा गरे। 

यस्तै दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा समेत कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077