Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भारतसँग खेल्न पाकिस्तान तयार

भारतसँग खेल्न पाकिस्तान तयार

मंगलवार , माघ २७, २०८२

एजेन्सी । टी–२० विश्वकपमा बहुप्रतीक्षित भारत–पाकिस्तानबीचको खेल आगामी फेब्रुअरी १५ मा हुने भएको छ। पाकिस्तान सरकारले सोमबार राति आफ्नो आधिकारिक एक्स अकाउन्टमार्फत यसबारे पुष्टि गरेको हो ।

सरकारी पोस्टअनुसार पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफलाई श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले फोन गरी भारतविरुद्धको खेल खेल्न आग्रह गरेका थिए। साथै, बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लामले पनि पाकिस्तान क्रिकेट बोर्डलाई भारतसँग खेल्न सिफारिस गरेका थिए।

यसअघि बंगलादेशलाई टी–२० विश्वकपबाट बाहिर गरिएको विरोधमा पाकिस्तानले आगामी फेब्रुअरी १ मा भारतविरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको थियो ।

तर पाकिस्तानले प्रतियोगिताका अन्य खेलहरू भने खेल्ने सहमति जनाएको थियो। तर अन्तर्राष्ट्रिय दबाब र कूटनीतिक पहलपछि पाकिस्तानले आफ्नो अडान परिवर्तन गर्दै भारतविरुद्धको खेल खेल्ने निर्णय गरेको हो।

यससँगै विश्वकपमा सबैभन्दा धेरै दर्शक र चर्चा बटुल्ने भारत–पाकिस्तान खेल पुनः सुनिश्चित भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077