एजेन्सी । चीनले अन्तरिक्ष प्रविधिको विकासतर्फ महत्त्वपूर्ण फड्को मार्दै अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
अन्तरिक्ष यानलाई उत्तरपश्चिमी चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–२एफ’ वहन रकेट प्रयोग गरी प्रक्षेपण गरिएको हो ।
प्रक्षेपण निर्धारित योजना अनुसार सफलतापूर्वक सम्पन्न भएको बताइएको छ । अन्तरिक्ष यानले कक्षमा रहेर अन्तरिक्ष यानसम्बन्धी विभिन्न महत्त्वपूर्ण प्रविधिहरूको परीक्षण तथा प्रमाणीकरण गर्नेछ ।
यसमा उडान नियन्त्रण प्रणाली, कक्षीय सञ्चालन, पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गर्ने प्रविधि तथा सुरक्षित अवतरण प्रणालीको परीक्षण समावेश छ ।