एजेन्सी । चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ गति दिँदै आइतबार राति सेन्झोउ–२३ अन्तरिक्ष यानको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
यस मिसनमार्फत तीनजना अन्तरिक्ष यात्रीलाई चीनको तियाङ्गोङ स्पेस स्टेसनमा पठाइएको छ । यस मिसनको विशेषता यसमा सहभागी एकजना अन्तरिक्ष यात्री पूरा एक वर्षसम्म अन्तरिक्षमा रहनेछन् ।
लङ मार्च–२ एफ रकेटमार्फत उक्त अन्तरिक्ष यानले उत्तर–पश्चिम चीनको जियुक्वान स्याटेलाइट लन्च सेन्टरबाट बेइजिङ समयअनुसार राति ११ः०८ बजे उडान भरेको थियो ।
लामो समयसम्म अन्तरिक्षमा बस्दा मानव शरीर र मस्तिष्कमा पर्ने प्रभावबारे अध्ययन गर्न चीनले यसलाई एउटा महत्वपूर्ण वैज्ञानिक प्रयोगका रूपमा लिएको छ ।
यस मिसनलाई चीनको सन् २०३० सम्म मानवलाई चन्द्रमामा अवतरण गराउने महत्वाकांक्षी योजनासँग पनि जोडेर हेरिएको छ ।