Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानी स्कुल आक्रमणका पीडितलाई २ लाख डलर सहयोग दिने चीनको घोषणा

इरानी स्कुल आक्रमणका पीडितलाई २ लाख डलर सहयोग दिने चीनको घोषणा

शनिवार , फाल्गुण ३०, २०८२

एजेन्सी । चीनले मध्यपूर्व युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको घातक क्षेप्यास्त्र आक्रमणमा मारिएका विद्यार्थीका अभिभावकलाई दुई लाख डलर मानवीय सहयोग दिने घोषणा गरेको हो । 

इरानले अमेरिका र इजरायलमाथि युद्धको पहिलो दिन दक्षिण इरानस्थित उक्त विद्यालयमा आक्रमण गरेको आरोप लगाएको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार आक्रमणमा मारिएका कम्तीमा १६५ जनाको अन्त्येष्टि गरिएको थियो। घटनाको स्वतन्त्र पुष्टि भने उपलब्ध छैन र अमेरिकी सेनाले अनुसन्धान जारी राखेको भनेको छ।

बेइजिङको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले विद्यालय र बालबालिकामाथि हुने आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानूनको ‘गम्भीर उल्लङ्घन’ भएको बताएका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077