Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी उपविदेश मन्त्री रोजर्स दिल्लीपछि काठमाडौंमा

अमेरिकी उपविदेश मन्त्री रोजर्स दिल्लीपछि काठमाडौंमा

आइतवार , जेठ १७, २०८३

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स काठमाडौं आइपुगेकी छन् । 

अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट तीनदिने भ्रमणका लागि शनिबार राति काठमाडौं आइपुगेकी हुन्।

उनी बालेन्द्र शाहको नेतृत्वमा रास्वपाको सरकार गठनपछि नेपाल आएकी हालसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन् ।

उनीभन्दा अघि दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्यएसिया विशेषदूत सर्जियो गोर नेपाल भ्रमणमा आएका थिए ।

अमेरिकी दूतावासले रोजर्सको सम्मानमा आज आइतबार ‘द एसेन्ट समिट’ नामक  विशेष समारोह आयोजना गरिएको छ । अहिले उनी यस समिटमा प्रमुख अतिथिका रूपमा सहभागी भएकी छन् ।

यसपछि उनले नेपाल भ्रमणका क्रममा राजनीति दलका नेता, मन्त्री तथा कूटनीतिज्ञलाई भेट्ने जनाइएको छ । 

रोजर्सले मे २७ देखि जुन १० सम्म भारत, नेपाल, उज्बेकिस्तान र तुर्कमेनिस्तानको यात्रा गर्दैछिन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077