Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इजरायली ‘जाल’मा परेर अमेरिकाले आक्रमण गरे युद्ध अझ विस्तार गर्ने इरानको चेतावनी

इजरायली ‘जाल’मा परेर अमेरिकाले आक्रमण गरे युद्ध अझ विस्तार गर्ने इरानको चेतावनी

बिहिवार , जेठ ७, २०८३

एजेन्सी । अमेरिकाले आफूमाथि आक्रमण गरे युद्ध अझ विस्तार गर्ने इरानले चेतावनी दिएको छ ।

अमेरिकाले इजरायली ‘जाल’मा परेर इरानविरुद्ध नयाँ आक्रामक कारबाही गरे त्यसको जवाफ नयाँ उपकरण र नयाँ रणनीतिमार्फत दिइने इरानले चेतावनी दिएको हो ।

इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनियाले सरकारी समाचार एजेन्सीसँग कुरा गर्दै भने, “यदि, शत्रु फेरि पनि इजरायली जालमा फसेर हाम्रो प्रिय इरानविरुद्ध नयाँ आक्रामक कारबाही गर्छ भने, हामी त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाहरूका साथ नयाँ मोर्चा खोलेर दिनेछौँ ।”

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्ति सम्झौताको सम्भावनालाई जीवित राख्न चाहेको भन्दै इरानमाथि गर्ने योजना बनाइएका आक्रमणहरू हालका लागि स्थगित गरिएको बताएका थिए ।

ट्रम्पको उक्त अभिव्यक्तिपछि तनाव कम हुने अपेक्षा गरिएको थियो । तर, इरानको यो नयाँ चेतावनीले परिस्थितिलाई पुनः गम्भीर बनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077