Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ट्रम्पको निवास ह्वाइट हाउस बाहिर गोली चल्दा बन्दुकधारी मारिए

ट्रम्पको निवास ह्वाइट हाउस बाहिर गोली चल्दा बन्दुकधारी मारिए

आइतवार , जेठ १०, २०८३

एजेन्सी । अमेरिकाको वासिङ्टन डीसीस्थित राष्ट्रपति निवास ह्वाइट हाउस बाहिर शनिबार साँझ एक संदिग्ध मारिएका छन् ।

सेक्रेट सर्भिसका एजेन्टहरूमाथि गोली प्रहार गरेपछि सुरक्षाकर्मीको जवाफी कारबाहीमा ती संदिग्ध व्यक्तिको मारिएका हुन् । 

सेक्रेट सर्भिसका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेतिर १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिकै एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर अचानक गोली चलाउन सुरु गरेका थिए।

एजेन्टहरूले तुरुन्तै जवाफी कारबाही गर्दा गोली लागेर ती संदिग्ध घाइते भएका थिए। उनलाई तत्काल अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषित गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077