Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चीनको कोइलाखानीमा ग्यास विस्फोट, ९० जनाको मृत्यु

चीनको कोइलाखानीमा ग्यास विस्फोट, ९० जनाको मृत्यु

शनिवार , जेठ ९, २०८३

एजेन्सी । उत्तरी चीनको शानक्सी प्रान्तस्थित लिउसेनयु कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार टोंगझोउ समूहद्वारा सञ्चालित उक्त खानीमा शुक्रबार साँझ स्थानीय समयअनुसार ७स् २९ बजे विस्फोट भएको हो । 

विस्फोटका बेला खानीभित्र २४७ जना कामदार कार्यरत थिए ।  घटनापछि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ भने १०० भन्दा बढी घाइतेलाई अस्पताल लगिएको जनाइएको छ । 

स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै सिन्ह्वाले बेपत्ता कामदारहरूको खोजी तथा उद्धार कार्य जारी रहेको बताएको छ।

घटनापछि राष्ट्रपति सी जीनपीले घाइतेहरूको उपचारका लागि सम्भावित सबै प्रयास गर्न निर्देशन दिँदै दुर्घटनाको गहन अनुसन्धान गर्न आग्रह गरेका छन् ।

उनले सबै क्षेत्र र विभागलाई यस घटनाबाट पाठ सिकेर कार्यस्थल सुरक्षामा थप सतर्कता अपनाउन तथा यस्ता विनाशकारी दुर्घटना रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

यसअघि सिन्ह्वाले खानीभित्र कार्बन मोनोअक्साइडको मात्रा अत्यधिक विषाक्त स्तरमा पुगेको जनाएको थियो । बेपत्ता रहेका केही कामदारको अवस्था गम्भीर हुन सक्ने आशंका गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077