Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सेनालाई प्रधानमन्त्रीको निर्देशन - निर्वाचन सुरक्षामा कुनै चुक नहोस्

सेनालाई प्रधानमन्त्रीको निर्देशन - निर्वाचन सुरक्षामा कुनै चुक नहोस्

मंगलवार , माघ २७, २०८२

काठमाडौं । प्रधानमन्त्री एवं रक्षामन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएकी छन् ।

जंगी अड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकको समुद्‍घाटन गर्दै प्रधानमन्त्री कार्कीले सो निर्देशन दिएकी हुन् । उनले निर्वाचन सुरक्षामा कुनै पनि प्रकारको कमजोरी वा रिक्तता स्वीकार्य नहुने बताइन् ।

प्रधानमन्त्रीले सरकारद्वारा स्वीकृत प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार सेनालाई तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिइन्।

‘निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न नेपाली सेनाले आफ्नो विशिष्ट क्षमता प्रदर्शन गर्नेमा म पूर्ण विश्वस्त छु,’ उनले भनिन्।

सुरक्षा निकायहरूबीचको समन्वयमा विगतका अनुभवबाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भनिन्, ‘विगतमा सुरक्षा संयन्त्रहरूबीच समन्वयमा कतै त्रुटि वा रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन दिनु हुँदैन। चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सचेत र सतर्क रहनुहोस्।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077