Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा अब ३ घण्टामै हटाउनु पर्नेछ गैरकानुनी कन्टेन्ट

भारतमा अब ३ घण्टामै हटाउनु पर्नेछ गैरकानुनी कन्टेन्ट

बुधवार , माघ २८, २०८२

काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई लक्षित गर्दै नयाँ कडा नियम लागू गर्ने भएको छ ।

अब कुनै पनि सोसल मिडिया कम्पनीले सरकारबाट नोटिस प्राप्त गरेपछि तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनुपर्ने व्यवस्था गरिएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार भारतको आईटी नियमहरूमा गरिएको संशोधनपछि यो नयाँ प्रावधान लागू हुन लागेको हो । नयाँ नियमहरू २० फेब्रुअरीदेखि लागू हुनेछन् ।

यसअघि भारतमा सोसल मिडिया कम्पनीहरूलाई कन्टेन्ट हटाउन ३६ घण्टाको समयसीमा दिइँदै आएको थियो ।

तर अब समयसीमा घटाएर तीन घण्टा बनाइएपछि मेटा, युट्युब, एक्स लगायतका ठूला प्लेटफर्महरूलाई नियम पालना गर्न चुनौतीपूर्ण हुनसक्ने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077