Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

बुधवार , मंसिर २४, २०८२

एजेन्सी । अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

बुधबारदेखि लागु हुने गरी अस्ट्रेलियाले कानुन नै ल्याएर बालबालिकाहरुलाई सामाजिक सञ्जालका १० वटा प्ल्याटफर्म प्रयोगमा निषेध गरेको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स, थ्रेड, स्न्यापच्याट, रेडिट, ट्वीच र किकजस्ता प्ल्याटफर्महरू प्रयोगमा १६ वर्षमुनिका बालबालिकाहरूलाई निषेध गरेको हो ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो कदमलाई अस्ट्रेलियन बालबालिकाका अभिभावकले गर्व गर्ने दिनका रूपमा व्याख्या गरे ।

प्रधानमन्त्री अल्बानिजले बालबालिकाहरूलाई सामाजिक सञ्जाल छाडेर खेलकुद, संगीत र अध्ययनजस्ता कार्यहरूमा लाग्न भनेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077