Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० विश्वकप : वेस्ट इन्डिजसँग इङ्ल्यान्ड पराजित

टी–२० विश्वकप : वेस्ट इन्डिजसँग इङ्ल्यान्ड पराजित

बिहिवार , माघ २९, २०८२

काठमाडौं । इङ्ल्यान्डलाई हराउँदै वेस्ट इन्डिजले आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो जीत निकालेको छ । वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ३० रनले हराएको हो । जीतसँगै वेस्ट इन्डिजले सुपर एटको सम्भावना बलियो बनाएको छ ।

१ सय ९७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ६ बल अगावै १ सय ६६ रन बनाउँदा अलआउट भयो । इङ्ल्यान्डका साम करन ४३ रनमा अविजित रहे ।

जाकोब बेथेलले २३ बलमा ४ चौका र १ छक्का सहयोगमा ३३ रन बनाए । वेस्ट इन्डिजका मोतीले ३ विकेट लिए । रोस्टन चेसले २, रोमारियो सेफर्ड र अकिल होसेनले समान १ विकेट लिए ।

मुम्बईको वानखेड़े स्टेडियममा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा १ सय ९६ रन बनाएको थियो ।

दोस्रो ओभरमै २ विकेट गुमाएर दबाबमा आएको वेस्ट इन्डिजका लागि रुदरफर्ड सर्वाधिक ७६ रनमा अविजित रहे । इङ्ल्यान्डका लागि जेमी ओभरटन र आदिल राशिदले समान २, जोफ्रा आर्चर र साम करनले समान १ विकेट लिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077