काठमाडौं । भारतले आइसिसी टी–२० विश्वकप २०२६ को समूह ‘ए’ को खेलमा नामिबियालाई ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
दिल्लीको अरुण जेटली स्टेडियममा खेलेको यो खेलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो ।
जवाफमा नामिबिया १८ ओभर २ बलमा अलआउट हुँदै १ सय १६ रनमा समेटियो । भारतका इशान किशनले २० बलमा ६१ रन बनाए ।
यस्तै हार्दिक पाण्ड्याले २७ बलमा ५२ रनको आक्रामक इनिङ्स खेले । उनले बलिङमा २ विकेट लिए । यस्तै वरुण चक्रवर्तीले ३ र अक्षर पटेलले २ विकेट हात पारे ।
यो जीतसँगै भारतले लगातार दोस्रो जीत हात पारेको छ र समूहमा शीर्ष स्थानमा उक्लिएको छ । यसअघि पहिलो खेलमा भारतले अमेरिकालाई हराएको थियो ।