Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चार महिनाको झापा बसाई सकेर पूर्वराजा काठमाडौंमा, निषेधाज्ञाको बाबजुद एयरपोर्ट बाहिर प्रदर्शन

चार महिनाको झापा बसाई सकेर पूर्वराजा काठमाडौंमा, निषेधाज्ञाको बाबजुद एयरपोर्ट बाहिर प्रदर्शन

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौं  । पूर्वराजा ज्ञानेन्द्र शाह ४ महिनापछि आज काठमाडौं फर्किएका छन्।

विगत ४ महिनादेखि झापाको दमक नगरपालिका-९ स्थित ‘मिनी दरबार’ मा बस्दै आएका शाह कैलाश  एयरको हेलिकप्टरमार्फत काठमाडौं आएका हुन्।

यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौं आउने भनिएको थियो । तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाह हेलिकप्टरमा फर्किएका हुन् ।

पूर्वराजा शाहको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विभिन्न राजावादी समूहहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य प्रदर्शन र र्‍यालीसहितको तयारी गरेका थियो।

airport_police.jpg

तर, सोही कार्यक्रमलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा चुनौती र यात्रुको आवागमनलाई मध्यनजर गरी विमानस्थल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रशासनले जारी गरेको आदेशअनुसार अबको एक महिनासम्म विमानस्थल र त्यसको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा गर्न पाइने छैन।

तर,राप्रपाका शिर्ष नेता तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले निषेधाज्ञा पालना नगर्ने भन्दै आम जनतालाई विमानस्थल आउन आह्वान गरेका थिए । 

काठमाडौं प्रशासनले जारी गरेको निषेधाज्ञाका बाबजुद राजावादीहरुले त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा अहिले प्रदर्शन गरिरहेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077