Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आउँदै, निषेधाज्ञाबीच स्वागतको तयारी

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आउँदै, निषेधाज्ञाबीच स्वागतको तयारी

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आउने भएका छन् ।

शाह झापाबाट ४ महिनापछि आज मध्यान्ह १२ बजे झापाबाट काठमाडौंका लागि प्रस्थान गर्न लागेका हुन्  । 

यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौं आउने भनिएको थियो । तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा आउने निर्णयगरेका हुन् ।

शाहलाई स्वागत गर्न राजावादीको भिड लाग्ने देखिएपछि काठमाडौं जिल्ला प्रशासनले बिहीबारदेखि नै  विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा भनिएको छ- 'विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतको विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरिएको छ ।'

साथै स्थानीय प्रशासनले पूर्वजानकारी गराई गरिने विरोधका कार्यक्रमबाट पनि सरकारी, सार्वजनिक एवम् व्यक्तिगत सम्पत्तिमा क्षति भए आयोजकबाट क्षतिपूर्ति बापतको रकम असुल गरिने पनि जारी आदेशमा भनिएको छ ।

तर राजावादीहरुले भने ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन्। 

हाल विमानस्थल प्रहरीले क्षेत्रमा उच्च सुरक्षा व्यवस्था अपनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077