Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ क्षेत्रमा शोभायात्रा

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ क्षेत्रमा शोभायात्रा

शनिवार , फाल्गुण २, २०८२

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा आज शोभायात्रा आयोजना गरिएको छ । 

पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभायात्रा गरिएको हो ।

शोभायात्रामा स्वदेशी तथा विदेशबाट आएका साधुसन्त र स्थानीय भक्तजनको सहभागिता थियो । पाशुपत क्षेत्रका प्रायः सबै भागमा शोभायात्रा गरिएको थियो ।

शोभायात्रामा धामीझाँक्रीको पनि सहभागिता थियो ।  यस बर्षको महाशिवरात्रि आइतबार मनाइदै छ ।

पशुपतिनाथ क्षेत्रको सरसफाइ, सजावट, भक्तजनलाई सहज रूपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्था लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कोषले जनाएको छ ।

महाशिवरात्रि पर्वलाई सुरक्षित र मर्यादित बनाउन नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्र समेतबाट सुरक्षा जनशक्ति परिचालन गरिने बताइएको छ ।

महाशिवरात्रीका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुल्ला गरिने र मन्दिर प्रवेशका लागि विभिन्न चार स्थानबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले जानकारी दिए ।

महाशिवरात्रि मनाउन पशुपतिनाथ मन्दिरमा विभिन्न देशबाट साधुसन्तहरुको समेत आगामन भइसकेको छ भने ८ लाख दर्शनार्थी आउने अनुमान गरिएको छ ।

यस्तै, पाशुपत क्षेत्रमा माँस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण(विक्री वितरण तथा ओसार पसार नगर्नरनगराउन समेत कोषले सचेत गराएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077