Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

तामाकोसीमा बस दुर्घटना : ७ दिनपछि भेटियो ९ वर्षीय बालकको शव

तामाकोसीमा बस दुर्घटना : ७ दिनपछि भेटियो ९ वर्षीय बालकको शव

सोमवार , फाल्गुण ४, २०८२

काठमाडौं । एक साताअघि तामाकोसी भएको बस दुर्घटनामा परेर बेपत्ता भएका एक बालकको शव फेला परेको छ। 

सिन्धुली गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिक सुनकोसी नदी किनारामा सोमबार बिहान बालकको शव फेला परेको हो। 

उक्त शव रामेछापको मन्थली नगरपालिका–२ पिप्ले बस्ने हेमलाल तामाङका छोरा नौ वर्षीय कृचन तामाङको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

मृतक बालकका ठूलोबुवा युबराज तामाङले बालकको शवको पहिचान गरेका हुन्। 

माघ २७ गते बिहान बा.प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस मन्थली नगरपालिका–६ बेनीघाट पुलनजिकैबाट तामाकोसी नदीमा खस्दा १३ जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।  

घटनामा दुर्घटनापछि दुई बालक बेपत्ता थिए। बेपत्ता एक बालक अझै फेला परेका छैनन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077