Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापामा रास्वपाका नेता एमाले प्रवेश

झापामा रास्वपाका नेता एमाले प्रवेश

'देशमा वैदेशिक हस्तक्षेप बढ्यो, ओलीको राष्ट्रवादी अडानमा साथ दिन्छौं'

सोमवार , फाल्गुण ४, २०८२

झापा। झापामा रास्वपाका एक स्थानीय नेता एमाले प्रवेश गरेका छन् ।

निर्वाचनको दौरानमा चर्चामा रहेको निर्वाचन क्षेत्र नं ५ का रास्वपा क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमाले प्रवेश गरेका हुन् । 

सोमबार खनाललाई  एमाले अध्यक्ष एवम सोही क्षेत्रका उम्मेदवार समेत रहेका केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

पार्टी प्रवेशपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै खनालले भने अहिले राष्ट्रियतामाथि नै आँच आउने घटनाहरु घटिरहेका छन् । यस्तो विषय परिस्थितिमा राष्ट्रियताको पक्षमा उभिने राष्ट्रवादी नेताहरुलाई सपोर्ट गरौँ भनेर मसहित केही साथीहरु एमाले प्रवेश गरेका हौँ ।

एमाले प्रवेश गर्दै खनालले वर्तमान राजनीतिक घटनाक्रमले देशको राष्ट्रियतामाथि गम्भीर आँच पुर्‍याएको दाबी गरे ।उनले देशमा वैदेशिक शक्तिहरूको चलखेल बढेको र यस्तो विषम परिस्थितिमा राष्ट्रवादी शक्तिलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

सो क्षेत्रका केही एमाले र कांग्रेसका नेता यसअघि रास्वपा प्रवेश गरेका थिए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077